सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको लागत २३ अर्ब ९४ करोड

images
सोमबार, असार २ २०८२
images
images
१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको लागत २३ अर्ब ९४ करोड

अर्धजलाशय एंव पिक रन अफ प्रकृतिको आयोजनाको वार्षिक उर्जा उत्पादन क्षमता ५२४.२४ गिगावाट आवर रहेको छ।

images
images

काठमाडौं- तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक भएको छ। १२६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको लागत २३ अर्ब ९४ करोड रूपैयाँ अनुमान गरिएको छ।

images
images
images

यो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको परियोजना हो। तनहुँ हाइड्रोपावर लिमिटेड प्रस्तावक रहेको यो आयोजनामा एसियाली विकास बैंक (एडबी)को समेत लगानी रहने छ।

images
images

यो आयोजना तनहुँको दमौलीभनेदा २४ किलोमिटर तल सेती नदीमा निर्माण हुनेछ। ३२ मिटर उचाइको उच्च बाँध १२.७ किलोमिटर लामो जलाशय र ६.७५ किलोमिटर लामो सुरुङ रहने रिपोर्टमा उल्लेख छ।

images
images
images

आयोजनाको हेडवर्क्स बेरेज, हेडरेस टनेल, पेनस्टक लगायतका सबै संरचना सेती नदीको दायाबायाँ र बन्दीपुरको सारंगघाट आसपास रहने छ। हेडवर्क्स पनि सारंगघाटमा नै रहने छ। अर्धभूमिगत विद्युतगृह तनहुँकै देवघाट गाउँपालिका, काफल डाडाँमा रहने छ।

आयोजनाले तनहुँको बन्दीपुर, ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, देवघाट नगरपालिका, आँबुखैरेनी गाउँपालिका भू-भागमा प्रभाव पार्नेछ। साथै, आयोजनाबाट चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २९ समेत प्रभावित हुनेछ।

अर्धजलाशय एंव पिक रन अफ प्रकृतिको आयोजनाको वार्षिक ऊर्जा उत्पादन क्षमता ५२४.२४ गिगावाट आवर रहेको छ।

आयोजनाले तनहुँ र चितवनको गरी कुल २७१.७६ हेक्टर क्षेत्रफल जमिन ओगट्छ। जसमा १६१.४६ राष्ट्रिय वन र ११०.३० निजी जग्गा पर्नेछ। 

आयोजनाले वातावरणीय व्यवस्थापन योजनामा ८८ लाख ५३ हजार डलर खर्च हुने जनाएको छ। आयोजनाको काम गर्दा १९ हजार १ सय १५ वटा रुख कटानी हुनेछ। आयोजना निर्माण गर्न पाँच वर्ष पाँच महिना लाग्ने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : सोमबार, असार २ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend