बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलएस अटोको दुई नयाँ ईभी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

आइतबार, असार १ २०८२
एलएस अटोको दुई नयाँ ईभी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ। यो यसको अधिकतम टर्क १ सय ८० एनएम छ।

काठमाडौं- एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। नेक्सन भेन्चरले एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल ल्याउने भएको हो। 

साउन २१ बाट २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुने तय भएको छ।

कम्पनीले नाडा अटो शो २०२५ मा पनि यी गाडीहरु प्रदर्शन गर्ने योजना बनाएको छ।

एलईभी ०५

एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको विद्युतीय कार कार हो। यसको लम्बाई ४२ सय एमएम, चौडाई १७ सय ७० एमएम र उचाई १६ सय १० एमएम छ। यो कारमा २६ सय ५० एमएम लामो ह्वीलबेस रहेको छ। १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १ सय ७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।

एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ। यो यसको अधिकतम टर्क १ सय ८० एनएम छ।

यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको ब्याट्रीप्याक रहेको छ। एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिने छ।

एलईभी एक्स

नेक्सन भेन्चरले सार्वजनिक गर्न लागेको अर्को मोडल एलईभी एक्स हो। क्रसओभर एसयूभी डिजाइनको यो ईभी यस अघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो। एलईभी एक्समा मोटर पावरको साथै केही विशेषताहरु थप भएर आउने छ। एलईभी एक्समा फ्रन्ट र रियर गरी २ सय किलोवाटको मोटर रहने छ। यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ। 

एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएकोे छ। साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रङ्ससमेत थपिएको छ।

नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend