शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सन् २०२५ को पाँच महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३८ लाख ९३ हजारले गरे हवाई यात्रा

आन्तरिकतर्फ १८ लाख ५६ हजार र अन्तर्राष्ट्रियतर्फ २० लाख ३६ हजार यात्रु

आइतबार, असार १ २०८२
सन् २०२५ को पाँच महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३८ लाख ९३ हजारले गरे हवाई यात्रा

काठमाडौं- सन् २०२५ को पाँच महिना (जनवरी-मे) महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३८ लाख ९३ हजार ६ सय ११ जनाले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका प्रमुख जगनाथ निरौलाका अनुसार आन्तरिकतर्फ भन्दा अन्तर्राष्ट्रियतर्फ हवाई सेवा लिने यात्रु बढी छन्।

यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ हजार १ सय ९८  वटा उडान तथा अवतरण भएका छन्। जसमा अन्तर्राष्ट्रियतर्फ १२ हजार ८ सय ८५ वटा र आन्तरिकतर्फ ४० हजार ३ सय ४६ वटा उडान तथा अवतरण भएका छन्। 

अन्तर्राष्ट्रिय हवाई यात्रु २० लाख ३६ हजार

विमानस्थल कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि मेसम्म पाँच महिनामा २० लाख ३६ हजार ८ सय ६२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

जसमा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या १० लाख २४ हजार २ सय ३४ रहेको छ भने नेपाल भित्रिनेको संख्या ९ लाख ८७ हजार ४ सय १८ रहेको छ।

विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीमा ३ लाख ८७ हजार ३४ जना, फेब्रुअरीमा ३ लाख ७३ हजार ५ सय ३४ जना, मार्चमा ४ लाख २४ हजार ५ सय २२, अप्रिलमा ४ लाख ५७ हजार १० र मेमा ३ लाख ९४ हजार ६ सय ४९ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ कुल १२ हजार ८ सय ८५वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

आन्तरिकतर्फ १८ लाख ५६ हजारले गरे हवाई यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२५ को जनवरीदेखि मेसम्म पाँच महिनाको अवधिमा १८ लाख ५६ हजार ८ सय ६२ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्।

जसमा काठमाडौंबाट बाहिरिने हवाई यात्रुको संख्या ९ लाख ४८ हजार ४ सय ४० र बाहिरबाट काठमाडौं भित्रिने हवाई यात्रुको संख्या ९ लाख ८ हजार ४ सय ३१ रहेको छ।

विमानस्थल कार्यालयका अनुसार जनवरीमा ३ लाख १२ हजार ९ सय २६ जना, फेब्रुअरीमा ३ लाख ५७ हजार ७ सय ६९ जना, मार्चमा ४ लाख ७ हजार ७ सय ७५, अप्रिलमा ४ लाख ७ हजार ८ सय ९४ र मेमा ३ लाख ७० हजार ४ सय ९८ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

यसैगरी पाँच महिनामा आन्तरिकतर्फ ४० हजार ३ सय ४६ वटा उडान तथा अवतरण भएको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend