सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

कृषिलाई स्टार्टप बिजनेसमा जोड्ने, फोहोर प्रशोधन केन्द्रमार्फत आर्थिक उपार्जन गर्ने

images
आइतबार, असार १ २०८२
images
images
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने विश्वास गरिएको छ। प्रदेशले विगतका बहुवर्षीय आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ।

images
images

विराटनगर- कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएका छन्। उनले विषयगत रूपमा सबैभन्दा बढी पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड बजेट विनियोजन गरेका छन्। 

images
images
images

कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ  १० करोड (०.३ प्रतिशत) विनियोजन भएको छ। चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले जनाएका छन्। 

images
images

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सबैभन्दा राजस्व बाँडफाँटलाई लिइएको छ। प्रदेशको आन्तरिक राजस्वबाट जम्मा ५ अर्ब ५० करोड अनुमान गरेको सरकारले राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख संकलन हुने अनुमान गरेको छ। 

images
images
images

संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख र समपूरक अनुदानबाट ३९ करोड १७ लाख आम्दानी हुने जनाइएको छ। विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख संकलन हुने भएको छ। रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोडगरि खर्च व्यहोरिने मन्त्री मगरले जनाए। 

बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको छ। शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि सबैभन्दा कम ९६ करोड विनियोजन गरिएको हो।

चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने विश्वास गरिएको छ। प्रदेशले विगतका बहुवर्षीय आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ।

यस्तै पर्यटन क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री मगरको भनाइ छ। 

कृषिलाई स्टार्टप बिजनेसमा जोड्ने

'कृषक सबैभन्दा अगाडि' भन्ने मूल नारा तय गरेको सरकारले कृषिलाई स्टार्टप बिजनेसमार्फत प्रवर्द्धन गरिने योजना ल्याएको हो।

युवाहरूलाई कृषिमा आकर्षित गर्न नवप्रवर्तनमार्फत लगानीको वातावरण सृजना गराइने आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताए। आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उनले प्रांगारिक खेती प्रवर्द्धनको लागि ८ करोड विनियोजन गरेको उल्लेख गरे।

खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउन जोड दिँदै बजारको सम्भाव्यताका आधारमा रैथाने बालीको विकासमा आवश्यक बजेट विनियोजन गरेको सुनाए। उन्नत प्रविधि अवलम्बन गर्दै बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जाको व्यवस्था मिलाइने उनको भनाइ छ।

कफी पकेट क्षेत्र घोषणा गर्ने, विराटनगरमा कृषिउपज उत्पादनको बिक्री तथा प्रदर्शनी केन्द्र स्थापना गर्नेदेखि कोशी प्रदेश लगानी सम्मेलनमा प्रतिबद्धता भएका परियोजनाको उत्पादनलाई बजारीकरण गर्नेसम्मका योजना सार्वजनिक गरिएको छ।

कोशीमा कृषि क्षेत्रको लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन भएको छ।

‘प्रदेशको रहर, स्वच्छ सहर’

कोशी प्रदेश सरकारले ‘प्रदेशको रहर, स्वच्छ सहर’ भन्ने नाराको साथ दुईभन्दा बढी पालिकालाई समेटेर फोहोर प्रशोधन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री रामबहादुर रानाले फोहोर प्रशोधन केन्द्रमार्फत आर्थिक उपार्जन गर्ने योजना सार्वजनिक गरेका हुन्।

मोरङको रंगेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्न एक करोड विनियोजन गरिएको उनले बताए। मन्त्री रानाले भौतिक विकासमा स्थानीयता झल्किने गरी पूर्वाधार निर्माण गरिने उल्लेख गरे।

चतरादेखि सोलुखुम्बुको चौरीखर्कसम्म जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका उनले प्रदेशमा छुट्टै राजस्व कार्यालय स्थापना गर्ने योजना सुनाए।

त्यससँगै पत्रकारिता तथा आम सञ्चारको विकासको लागि कोशी प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गर्ने र सूचना प्रविधि अध्ययनरत विद्यार्थीको लागि इन्टर्नसीपको व्यवस्था मिलाउने बताए।


प्रकाशित : आइतबार, असार १ २०८२१६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend