बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोशीको बजेट : मोरङको रंगेली र इलामको सूर्योदयमा फोहोर प्रशोधन केन्द्र स्थापना गरिने

आइतबार, असार १ २०८२
कोशीको बजेट : मोरङको रंगेली र इलामको सूर्योदयमा फोहोर प्रशोधन केन्द्र स्थापना गरिने

मोरङको रंगेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्न एक करोड विनियोजन गरिएको छ।

विराटनगर- कोशी प्रदेश सरकारले ‘प्रदेशको रहर, स्वच्छ सहर’ भन्ने नाराको साथ दुईभन्दा बढी पालिकालाई समेटेर फोहोर प्रशोधन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री रामबहादुर रानाले फोहोर प्रशोधन केन्द्रमार्फत आर्थिक उपार्जन गर्ने योजना सार्वजनिक गरेका हुन्।

मोरङको रंगेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्न एक करोड विनियोजन गरिएको उनले बताए। मन्त्री रानाले भौतिक विकासमा स्थानीयता झल्किने गरी पूर्वाधार निर्माण गरिने उल्लेख गरे।

चतरादेखि सोलुखुम्बुको चौरीखर्कसम्म जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका उनले प्रदेशमा छुट्टै राजस्व कार्यालय स्थापना गर्ने योजना सुनाए।

त्यससँगै पत्रकारिता तथा आम सञ्चारको विकासको लागि कोशी प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गर्ने र सूचना प्रविधि अध्ययनरत विद्यार्थीको लागि इन्टर्नसीपको व्यवस्था मिलाउने बताए।


प्रकाशित : आइतबार, असार १ २०८२१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend