बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोशी सरकारको बजेट : कृषिलाई स्टार्टप बिजनेसमा जोड्ने, कफी पकेट क्षेत्र घोषणा गर्ने

आइतबार, असार १ २०८२
कोशी सरकारको बजेट : कृषिलाई स्टार्टप बिजनेसमा जोड्ने, कफी पकेट क्षेत्र घोषणा गर्ने

कोशीमा कृषि क्षेत्रको लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन भएको छ।

विराटनगर- कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेको छ। 'कृषक सबैभन्दा अगाडि' भन्ने मूल नारा तय गरेको सरकारले कृषिलाई स्टार्टप बिजनेसमार्फत प्रवर्द्धन गरिने योजना ल्याएको हो।

युवाहरूलाई कृषिमा आकर्षित गर्न नवप्रवर्तनमार्फत लगानीको वातावरण सृजना गराइने आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताए। आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उनले प्रांगारिक खेती प्रवर्द्धनको लागि ८ करोड विनियोजन गरेको उल्लेख गरे।

खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउन जोड दिँदै बजारको सम्भाव्यताका आधारमा रैथाने बालीको विकासमा आवश्यक बजेट विनियोजन गरेको सुनाए। उन्नत प्रविधि अवलम्बन गर्दै बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जाको व्यवस्था मिलाइने उनको भनाइ छ।

कफी पकेट क्षेत्र घोषणा गर्ने, विराटनगरमा कृषिउपज उत्पादनको बिक्री तथा प्रदर्शनी केन्द्र स्थापना गर्नेदेखि कोशी प्रदेश लगानी सम्मेलनमा प्रतिबद्धता भएका परियोजनाको उत्पादनलाई बजारीकरण गर्नेसम्मका योजना सार्वजनिक गरिएको छ।

कोशीमा कृषि क्षेत्रको लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन भएको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend