शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बुद्ध एयरका सबै कर्मचारीलाई उपदान हस्तान्तरण, २०२५ को जनवरीदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध

आइतबार, असार १ २०८२
बुद्ध एयरका सबै कर्मचारीलाई उपदान हस्तान्तरण, २०२५ को जनवरीदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध

यसपटकको हस्तान्तरणले कम्पनी र कर्मचारीबीचको आर्थिक अधिकारसम्बन्धी पारदर्शिता र जिम्मेवारीलाई थप सुदृढ बनाएको दाबी कम्पनीको छ।

काठमाडौं- निजी संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधानअनुसार बुद्ध एयर पनि यसमा जोडिएको छ।

बुद्ध एयरले आफ्ना सबै कर्मचारीको निवृत्तिभरण (उपदान) जनवरी २०२५ देखि सामाजिक सुरक्षा कोषमा नियमितरुपमा जम्मा गर्दै आएको छ। त्यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्दै आइरहेको थियो।

श्रम ऐनअनुसार, कर्मचारीले अवकाश वा राजीनामा स्वीकृत भएपछि मात्र उपदान पाउने कानूनी व्यवस्था भए पनि बुद्ध एयरले आफ्ना सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा गरी डिसेम्बर २०२४ सम्मको उपदान पनि बाँडिसकेको छ।

विगत २८ वर्षदेखि कम्पनीले कर्मचारीले पाउनुपर्ने उपदान रकमलाई आफ्नै वासलातमा दायित्वका रूपमा राख्दै आएको थियो। यसपटकको हस्तान्तरणले कम्पनी र कर्मचारीबीचको आर्थिक अधिकारसम्बन्धी पारदर्शिता र जिम्मेवारीलाई थप सुदृढ बनाएको दाबी कम्पनीको छ।

यसैसँग अब बुद्ध एयरका सम्पूर्ण कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइ सम्बन्धित लाभ र सुविधा पाउने व्यवस्था सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend