बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा रेल विकासको मार्गचित्र, करिब तीन शताब्दीसम्म चल्ने!

सोमबार, असार २ २०८२
नेपालमा रेल विकासको मार्गचित्र, करिब तीन शताब्दीसम्म चल्ने!

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अझै २ सय १८ वर्षसम्म चल्ने अनुमान गरिएको छ। त्यस्तै रेल, मेट्रो रेल, मोनो रेल विकास परियोजना नेपालमा २ सय ९८ वर्षसम्म चलिरहने अनुमान गरिएको छ।

काठमाडौं- वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसभन्दा अघिल्लोपटक प्रधानमन्त्री हुँदा नेपालमा विकासका चमत्कारिक योजना र सपना बाँड्ने गरेका थिए। सोही कारणले उनको ब्रान्डिङ पनि जनतामाझमा चरम सीमामा पुगेको थियो। 

अहिले प्रधानमन्त्री हुँदा उनै ओलीले भन्ने विकासको कथामा त्यो करिश्मा कायम छैन। सबैतिर ढिलाइ, शिथिल र अलपत्र आयोजनाका कथाले घेरिएका छन्।

विकासका नयाँ कथामा रेल र पानी जहाज ओलीले अघिल्लोपटक सबैभन्दा धेरै जोड दिएको सपना हो। यद्यपि उनीअघि स्थानीय तहले समेत रेलको सपना बाँडेका थिए। विभिन्न नामका रेलको विकासको योजना अघि सारेका थिए। तर अहिलेसम्म यसमा ठोस विकास भएको छैन।

रेल विकासमा नेपाल सरकारको मार्गचित्र भने दुई शताब्दी लामो रहेको छ। २ सय ९८ वर्षसम्म समय लाग्ने अनुमान गरिएको छ। 

राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको मध्यकालीन खर्च संरचना तथा विकास कार्यक्रममा सो अवधि उल्लेख गरिएको छ। 

आयोजनाको स्रोत, अहिलेको खर्चको अवस्था, भौतिक प्रगतिलगायतका अवस्थाको मूल्यांकनबाट आयोगले विभिन्न आयोजनाको सम्पन्न हुनसक्ने अवधिको अनुमान गरेको हो।

त्यसमा हुलाकी रागमार्ग अबको एक वर्षमै सम्पन्न हुने जनाइएको छ। त्यस्तै द्रुतमार्ग ६ वर्षमा, सिक्टा र उत्तरदक्षिण राजमार्ग ७ वर्षमा, सुनकोशी मरिन डाइभर्सन १० वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ। 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अझै २ सय १८ वर्षसम्म चल्ने अनुमान गरिएको छ। त्यस्तै रेल, मेट्रो रेल, मोनो रेल विकास परियोजना नेपालमा २ सय ९८ वर्षसम्म चलिरहने अनुमान गरिएको छ। 

Screenshot 2025-06-14 at 18.20.40.png

मध्यकालीन खर्च संरचना आव २०८२/८३-२०८४/८५ र वार्षिक विकास कार्यक्रम २०८२/८३ 

 


प्रकाशित : सोमबार, असार २ २०८२१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend