बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालले असार १ गतेदेखि बंगलादेशलाई ४० मेगावाट बिजुली पठाउने

शुक्रबार, जेठ ३० २०८२
नेपालले असार १ गतेदेखि बंगलादेशलाई ४० मेगावाट बिजुली पठाउने

नेपाल, भारत र बंगलादेशबीच गत वर्ष असोज १७ गते त्रिपक्षीय सम्झौता भएपछि पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु भएको थियो।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले यही असार १ गतेदेखि बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ।

नेपाल, भारत र बंगलादेशबीच गत वर्ष असोज १७ गते त्रिपक्षीय सम्झौता भएपछि पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु भएको थियो। सम्झौताअनुसार नेपालले हरेक वर्ष वर्षायामको ५ महिना (जुन १५ देखि नोभेम्बर १५ सम्म) भारतको प्रसारणलाइन प्रयोग गरी बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न पाउने व्यवस्था छ।

सम्झौतापश्चात् कात्तिक ३० गते नेपालले दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गरेको थियो। त्यसबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टको दरमा ३० हजार ८० अमेरिकी डलर आम्दानी गरेको थियो।

नेपालले भारततर्फको विद्युत् निर्यात पनि जारी राखेको छ। विद्युत् प्राधिकरणका अनुसार हाल दैनिकरुपमा औसत १५० देखि २०० मेगावाटसम्म भारतमा निर्यात भइरहेको छ।

भारत सरकारले विभिन्न चरणमा स्वीकृति दिएको कुल १० आयोजनामार्फत नेपालले यो परिमाणको विद्युत् भारतमा पठाउँदै आएको हो। पछिल्लो चरणमा २५१ मेगावाट क्षमताका आयोजनाबाट थप निर्यात गर्न स्वीकृति दिइएपछि कुल निर्यात स्वीकृति ९४१ मेगावाट पुगेको छ।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend