बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नाडाको सहभागिता

बुधबार, जेठ २८ २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नाडाको सहभागिता

सो सम्मेलनमा डेलिगेसन संवादसमेत सम्पन्न भएको थियो। जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत बिचार विमर्श गरिएको थियो।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५(सीएसीएस २०२५) मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ। चोङछिङ चीनमा आयोजित यस सम्मेलनले ‘परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे।

नाडाका अध्यक्ष करण चौधरीले चीन-आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए। 

यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए। सो कार्यक्रममा चीन-आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारे समेत छलफल भएको थियो।

सो सम्मेलनमा डेलिगेसन संवादसमेत सम्पन्न भएको थियो। जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो। 

उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो। यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूकोतर्फबाट समेत उच्च चासो राखिएको थियो। 

नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको छ। उक्त सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरी, आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो। नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलोपटक भएको छ।


प्रकाशित : बुधबार, जेठ २८ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend