बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाइमाले गर्‍यो नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँट, ५० ब्रान्डको सहभागिता

बुधबार, जेठ २८ २०८२
नाइमाले गर्‍यो नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँट, ५० ब्रान्डको सहभागिता

४८ वटा स्टल रहेन मोबिलिटी एक्सपोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुई पांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागिता निश्चित भएर स्टल बाँडफाँट गरिएको हो।

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा)ले आगामी साउन २१ देखि गर्न लागेको नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँट गरेको छ। मंगलबार नाइमाले आफ्नो कार्यालयमा लक्की ड्रमार्फत स्टल बाँडफाँट गरेको हो। 

नाइमा स्थापना भएको पहिलो वर्ष नै गर्न लागेको मोबिलिटी एक्सपो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। उक्त एक्सपोमा ५० ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ। 

४८ वटा स्टल रहेन मोबिलिटी एक्सपोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुई पांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागिता निश्चित भएर स्टल बाँडफाँट गरिएको हो। 

सहभागी कार ब्रान्ड

सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी

दुईपांग्रे सवारी ब्रान्ड

एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो

कमर्सियल ब्रान्ड

चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ


प्रकाशित : बुधबार, जेठ २८ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend