बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगित

सोमबार, जेठ २६ २०८२
प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगित

संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो।

काठमाडौं- प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ। आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्नेगरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो।

संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो।

'प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा भनिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ २६ २०८२१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend