बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'टेक एण्ड पे' व्यवस्था खारेज गर्न इप्पानको माग, देउवालाई ज्ञापनपत्र बुझाइयो

शनिबार, जेठ २४ २०८२
'टेक एण्ड पे' व्यवस्था खारेज गर्न इप्पानको माग, देउवालाई ज्ञापनपत्र बुझाइयो

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको 'टेक एण्ड पे' (लिउ र तिर) विद्युत खरिद सम्झौता (पीपीए) को प्रावधान खारेज गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको 'टेक एण्ड पे' (लिउ र तिर) विद्युत खरिद सम्झौता (पीपीए) को प्रावधान खारेज गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले सभापति देउवालाई भेटी ‘टेक एण्ड पे’ को सट्टा विगतमा जस्तै 'टेक अर पे' (लिउ वा तिर) व्यवस्था कार्यान्वयनमा ल्याउन माग गरेको हो। इप्पानको तर्क अनुसार एकल विद्युत खरिदकर्ता मात्र रहेको नेपालको सन्दर्भमा ‘टेक एण्ड पे’ प्रणालीले लगानीको ग्यारेन्टी नदिने, बैंकहरुले ऋण दिन नमानेका कारण सरकारको २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य असम्भव हुने देखिएको छ।

अध्यक्ष कार्कीले प्रवर्द्धकले अध्ययनमा लगानी गरेको करिब ६६ अर्ब रुपैयाँ जोखिममा पर्ने र हाल अगाडि बढिरहेका १७ हजार मेगावाटका आयोजना अनिश्चित हुने खतरा औंल्याउँदै बजेटमा राखिएको उक्त व्यवस्था तत्काल खारेज गर्न आग्रह गरे।

सभापति देउवाले इप्पानको मागप्रति चासो व्यक्त गर्दै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का र उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई टेलिफोन संवाद गरी समस्याको समाधान संवादमार्फत खोज्न निर्देशन दिएको इप्पानले जनाएको छ।

उक्त भेटमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरु रामप्रसाद आचार्य र उत्तम भ्लोन, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्य शंकर बश्याल, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, सल्लाहकार कृष्णप्रसाद भण्डारी र प्रवर्द्धक विनोद देवकोटा लगायतको सहभागिता रहेको थियो।


प्रकाशित : शनिबार, जेठ २४ २०८२१४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend