बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिपक्षीसँग सहमति नजुट्दा चल्न सकेन प्रतिनिधिसभा बैठक, आइतबारसम्मका लागि स्थगित

शुक्रबार, जेठ २३ २०८२
प्रतिपक्षीसँग सहमति नजुट्दा चल्न सकेन प्रतिनिधिसभा बैठक, आइतबारसम्मका लागि स्थगित

बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो।

संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो।

त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्नेगरी तोकेका हुन्। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend