बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अध्यक्ष माधवकुमार नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा एकीकृत समाजवादी कानूनी उपचारमा जाने

म निर्दोष छु : माधवकुमार नेपाल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २३ २०८२
अध्यक्ष माधवकुमार नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा एकीकृत समाजवादी कानूनी उपचारमा जाने

आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित अन्यलाई दोषी ठहर गर्दै १८ करोडमाथिको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा दायर भएको भ्रष्टाचार मुद्दाको कानूनी उपचारमा जाने निर्णय गरेको छ।

पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारीको बैठकले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो।

विगतदेखि नै आफू नेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन बैठकले कार्यकर्ता एवं समर्थकलाई आग्रह गरेको छ।

मुद्दा षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै बैठकले कानूनी उपचारमार्फत सत्य उजागर गर्ने र पार्टीपङ्क्तिलाई एकढिक्का रहन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित अन्यलाई दोषी ठहर गर्दै १८ करोडमाथिको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यसैबीच पार्टीले कानूनी उपचारका लागि अधिवक्ता तथा कानूनविद्लगायतसँग परामर्श गरेको छ। 

म निर्दोष छु : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको दाबी गरे। 

सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा? सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा? पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend