बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा कर्भ ईभी लिएर दुई युवा 'केटूके' यात्रामा, वातावरण दिवसको अवसरमा सिप्रदीले गर्‍यो बिदाइ

बिहीबार , जेठ २२ २०८२
टाटा कर्भ ईभी लिएर दुई युवा 'केटूके' यात्रामा, वातावरण दिवसको अवसरमा सिप्रदीले गर्‍यो बिदाइ

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलिमा रहेको टाटा कार शोरुमबाट उनीरुलाई ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको हो।

काठमाडौं- टाटाको कर्भ ईभी लिएर अटोमोबाइलमा गहिरो रुची राख्ने दुई युवा काठमाडौंदेखि दक्षिण भारतको अन्तिम बिन्दु कन्याकुमारी यात्रामा निस्किएका छन्। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलिमा रहेको टाटा कार शोरुमबाट उनीरुलाई ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको हो। 

कर्भ ईभी लिएर अवाशिष ओझा र विजय कसजु काठमाडौंबाट भारतको कन्याकुमारीतर्फ लागेका हुन्। उनीहरुले यसअघि मोटरसाइकल लिएर काठमाडौं-कन्याकुमारी(केटूके) यात्रा गरिसकेका छन्। यो पटक उनीहरुले विद्युतीय कार टाटा कर्भ लिएर उक्त यात्रा तय गरेका हुन्। 

टाटा कर्भ ईभी ५५ किलोवाट आवर ब्याट्रीयुक्त कुपे एसयूभी हो। गत महिना दक्षिण भारतको केरलाबाट टाटाको विद्युतीय कार कर्भ ईभी चढेर ३ जना काठमाडौं आएका थिए। ३ हजार किलोमिटरभन्दा बढी दुरी पार गरेर कर्भ ईभीमा उनीहरु बैशाख ३१ गते काठमाडौं आइपुगेका थिए। 

भारतको केरला राज्यको कोचीबाट काठमाडौंसम्म जीओ ईसी टिमले यो यात्रा तय गरेको हो। जसमा यदु र उनीसँगै ट्राभल भ्लगर याजिन पनि सहभागी भएका थिए।

curvv ev - k2k drive.jpg

कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए।

‘दक्षिण भारत यात्रा मेरालागि त्यति नयाँ होइन। तर विद्युतीय कारमा जान लागेकाले के कस्तो हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही तनावपूर्ण बनाउन सक्छ,’ उनले भने, ‘यी सबै कुराका लागि हामी एक्साइटेड छौँ। कर्भ ईभीले हाम्रो यात्रालाई थप एक्साइटेड बनाउने छ।’ 

कर्भ ईभीमा काठमाडौंबाट कन्याकुमारी पुगेर काठमाडौं आइपुग्न १५ दिनदेखि १८ दिन लाग्ने अनुमान गरिएको छ। सिप्रदीले बिहीबार विश्व वातावारण दिवसको अवसर पारेर कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई बिदाइ गरेको हो। 

कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा खासै समस्या आउने छैन। 

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भ लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यही मोडल सिप्रदीले नेपालमा बिक्री गरिरहेको छ। केटूके यात्रामा पनि यही कर्भ ईभी लगिएको हो। 

यस्ता छन् कर्भ ईभीका मुख्य विशेषता 

कर्भ कुपे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ। यसलाई शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै तय गर्न सक्छ। कर्भ ईभीको लम्बाई ४३ सय १० एमएम, चौडाई १८ सय १० एमएम र उचाइ १६ सय ३० एमएम छ। यसमा २५ सय ६० एमएम लामो ह्वीलवेस रहेको छ। कर्भ ईभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स छ।

curvv ev.jpg

कम्पनीका अनुसार यसमा १८ इन्चको अलोय दिइएको छ। ५ सय लिटरको ठूलो बुट स्पेस रहेको एसयूभीलाई ४ सय ५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिने दाबी कम्पनीले गरेको छ। 

कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा छ। ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल बटम, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन्।

भारत एनक्याप कर््यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ईएसपी, ड्राइभ डाउजिनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेभल २ एडास लगायत विशेषता रहेका छन्।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend