शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पाँच महिनामै ५ लाख विदेशी पर्यटक नेपाल आए

सोमबार, जेठ १९ २०८२
पाँच महिनामै ५ लाख विदेशी पर्यटक नेपाल आए
फाइल तस्बिर

कोभिड-१९ महामारीपछिको पुनःस्थापनाको चरणमा रहेको नेपालका लागि यो संख्या उत्साहजनक भएको पर्यटन बोर्डले जनाएको छ।

काठमाडौं- नेपालमा सन् २०२५ को पाँच महिनामै ५ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक आएका छन्। जनवरीदेखि मे महिनासम्मको अवधिमा कुल ५ लाख १ हजार २६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

कोभिड-१९ महामारीपछिको पुनःस्थापनाको चरणमा रहेको नेपालका लागि यो संख्या उत्साहजनक भएको पर्यटन बोर्डले जनाएको छ।

मे महिनामा मात्र ८६ हजार २१६ जना पर्यटक नेपाल आएका छन्। गत वर्ष सोही अवधिमा ९० हजार २ सय ११ पर्यटक आएका थिए। गत वर्षको भन्दा यो वर्षको मेमा कम पर्यटक आएका हुन्।

मे महिनामा भारतबाट मात्र २८ हजार १ सय ६० पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७ प्रतिशत हो। त्यसपछि अमेरिका (९ हजार ७४), चीन (८ हजार ८२४), बंगलादेश (४ हजार २८०) र संयुक्त अधिराज्य (३ हजार ४७३) शीर्ष पाँच पर्यटक स्रोत मुलुक रहेका छन्।

क्षेत्रीय हिसाबले हेर्दा दक्षिण एसियाली राष्ट्रहरूमध्येबाट सबैभन्दा धेरै पर्यटक आएका छन्। मे महिनामा मात्रै सार्क मुलुकबाट ४० प्रतिशत अर्थात् ३४ हजार ३५० पर्यटक नेपाल आएका थिए।

अन्य एसियाली देशबाट २१ प्रतिशत (१८ हजार ६९), युरोपबाट १५.५ प्रतिशत (१३ हजार ३३०), अमेरिका महादेशबाट १२.६ प्रतिशत (१० हजार ८४२), ओसियानियाबाट ३.५ प्रतिशत (२ हजार ९८४), मध्यपूर्वबाट १.८ प्रतिशत (१ हजार ५१५), अफ्रिकाबाट ०.४ प्रतिशत (३३७) र अन्य क्षेत्रबाट ५.६ प्रतिशत (४ हजार ७८९) पर्यटक आएका थिए।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend