बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सम्झौता म्याद सकिनु एक महिना अगावै देवघाटको सडक कालोपत्र सम्पन्न

सोमबार, जेठ १९ २०८२
सम्झौता म्याद सकिनु एक महिना अगावै देवघाटको सडक कालोपत्र सम्पन्न

देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौताको म्याद सकिनु एक महिना बाँकी छँदै कालोपत्र सम्पन्न गरिएको छ।

दमौली- देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौताको म्याद सकिनु एक महिना बाँकी छँदै कालोपत्र सम्पन्न गरिएको छ।

चितवनको दक्ष इन्जिनियिरिङ निर्माण कम्पनीले कात्तिक २७ गते सडक कालोपत्रका लागि सडक डिभिजन कार्यालय चितवनसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार आगामी असार २० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले म्यादभन्दा झण्डै एक महिना अगावै काम सम्पन्न गरेको हो।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार उक्त कालोपत्र सडक १३० मिटर लम्बाइको हो। कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवन र बाँकी ३३० मिटर पूर्वाधार कार्यालय पोखरा (शहरी विकास मन्त्रालय अन्तर्गत) मार्फत निर्माण भएको हो।

सडक कालोपत्रका लागि कुल लागत अनुमान १ करोड ५६ लाख रुपैयाँ गरिएको थियो। तर सार्वजनिक खरिद प्रक्रियामार्फत निर्माण कम्पनीले १ करोड ७ लाख ६५ हजार रुपैयाँमा काम सम्पन्न गरेको हो।

देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरालाई जोड्ने उक्त सडक पहिले कच्ची भएकाले सर्वसाधारणलाई आवतजावतमा निकै सास्ती हुने गर्थ्यो।

देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले स्थानीयवासी धुलो र हिलाबाट हैरान भएको स्मरण गर्दै अब आवतजावत सहज भएको जानकारी दिए। उनले भने, 'सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए। अहिले नालासहित कालोपत्र सम्पन्न भएपछि बस्ती नै सुन्दर देखिन थालेको छ।' रासस


प्रकाशित : सोमबार, जेठ १९ २०८२०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend