मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

माटो परीक्षण नगरि रासायनिक मल प्रयोग, बोटमै सुक्यो धान

images
आइतबार, जेठ १८ २०८२
images
images
माटो परीक्षण नगरि रासायनिक मल प्रयोग, बोटमै सुक्यो धान

किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको थियाे। उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए।

images
images

झापा- शिवसताक्षी नगरपालिका-२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ। नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका ९ जना किसानले ९ बिघामा खेती गरेको हर्दिनाथ-१ जातको धानको बोट सुकेको जानकारी दिए।

images
images
images

धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन्। ‘लहलह धानका बाला झुल्न थालेको थियो’ एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भने, ‘एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो।’

images
images

साथै हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउनसमेत समस्या भएको उनकाे भनाइ छ। बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो। तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको कृषक मैनाली बताउँछन्।

images
images
images

धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन्। ‘धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ’ किसान सुशीला काफ्ले सुनाइन्। नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताउँछन्।

किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ। पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको थियाे। उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए।

माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ। रासस 


प्रकाशित : आइतबार, जेठ १८ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend