शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आजदेखि एयर इन्डिया एक्सप्रेसको बेंगलुरु-काठमाडौं सिधा उडान सुरू

आइतबार, जेठ १८ २०८२
आजदेखि एयर इन्डिया एक्सप्रेसको बेंगलुरु-काठमाडौं सिधा उडान सुरू

भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेसले यही जेठ १८ गते (जुन १) आइतवारदेखि दक्षिण भारतीय प्रविधि केन्द्र बेंगलुरुबाट काठमाडौँका लागि सीधा उडान सुरु गरेको छ।

काठमाडौं- भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेसले यही जेठ १८ गते (जुन १) आइतवारदेखि दक्षिण भारतीय प्रविधि केन्द्र बेंगलुरुबाट काठमाडौंका लागि सिधा उडान सुरु गरेको छ।  

कम्पनीले बेंगलुरु-काठमाडौं-बेंगलुरु दैनिक नियमित उडान सुरु गरेको हो। बेंगलुरुबाट हवाईजहाज बिहान ५:०५ बजे उड्नेछ भने काठमाडौंबाट पुनः विहान ९:०५ बजे बेंगलुरुका लागि प्रस्थान गर्नेछ।

प्रारम्भिक टिकट दर एक्सप्रेस लाइट श्रेणीका लागि भारतीय रुपैयाँ ८ हजार र एक्सप्रेस भ्यालुका लागि ८ हजार ५०० तोकिएको छ।

एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहले जारी गरेको विज्ञप्तिमा बेंगलुरु-काठमाडौं उडानले यात्रुहरूलाई छुट्टिको गन्तव्यका रूपमा काठमाडौंलाई नयाँ विकल्प दिने र यसले थाइल्याण्डको बैंकक तथा फुकेट जस्तै गन्तव्यहरूसँगको हवाई सञ्जाल विस्तारमा टेवा पुर्‍याउने उल्लेख गरिएको छ।

यो उडानसँगै काठमाडौंमा सेवा विस्तार गर्ने एयर इन्डिया एक्सप्रेस दोस्रो भारतीय कम्पनी बन्नेछ। यसअघि कम्पनीले भारतका अन्य प्रमुख शहरहरूसँग काठमाडौं जोड्ने उडानहरू गरिरहेको छ। नयाँ उडानले विशेष गरी दक्षिण भारतका पर्यटक र नेपाली श्रमिकहरूलाई सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रकाशित : आइतबार, जेठ १८ २०८२०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend