सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

महिलाले सञ्चालन गरेका उद्योगलाई प्रविधि हस्तान्तरण हुने, चार उद्योग छनोटमा

images
शनिबार, जेठ १७ २०८२
images
images
महिलाले सञ्चालन गरेका उद्योगलाई प्रविधि हस्तान्तरण हुने, चार उद्योग छनोटमा

निर्देशनालयका अनुसार दर्ता गरी उद्योग सञ्चालन गरिरहेका उद्योगी महिलालाई कार्यक्रमका लागि कार्यालयले प्रस्ताव आह्वान गरी प्रदेशका सबै जिल्लाबाट आवेदन संकलनको काम गरेको थियो।

images
images

कैलाली- सुदूरपश्चिम प्रदेशमा महिलाद्वारा सञ्चालित उद्योगलाई प्रविधि हस्तान्तरण गर्न चार वटा उद्योगलाई छनोट भएका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा सो कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरी चार वटा उद्योग छनोट गरेको हो।

images
images
images

निर्देशनालयका अनुसार दर्ता गरी उद्योग सञ्चालन गरिरहेका उद्योगी महिलालाई कार्यक्रमका लागि कार्यालयले प्रस्ताव आह्वान गरी प्रदेशका सबै जिल्लाबाट आवेदन संकलनको काम गरेको थियो।

images
images

निर्देशनालयका सूचना अधिकारी यशोदा बोहराका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीमा जुनकिरीदेवी चौधरीले सञ्चालन गरेको मुक्तकमैया खाद्य उद्योग, कैलालीको जानकी गाउँपालिका-६ स्थित अमृतादेवी ढोलीले सञ्चालन गरेको अलजिवी गार्मेन्ट उद्योग छनोटमा परेका छन्।

images
images
images

त्यस्तै चुरे गाउँपालिका-६ स्थित पार्वती धामीले सञ्चालन गरेको सिद्ध भगवती पशुपंछी तथा कृषि फर्म र बैतडीको डिलासैनी गाउँपालिका-६ स्थित सुनिता कार्कीले सञ्चालन गरेको पञ्चकोटी कृषि फर्मलाई छनोट गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उक्त कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। छनोटमा परेका उद्योगका लागि चाहिने आवश्यक सामग्री खरिदमा अनुदान दिइने सूचना अधिकारी बोहराको भनाइ छ।

विगत तीन आर्थिक वर्षमा महिला उद्योगीले प्रविधि तथा अन्य अनुदान प्राप्त नगरेका उद्योगीलाई प्रविधि खरिदमा अनुदान दिइने भएको हो। १५ लाख रुपैयाँ बजेट छनोट भएका उद्योगीलाई दामा साहीले रकम बाँडफाँट गर्नुपर्ने निर्देशनालयले जनाएको छ। उद्योगीले प्रविधि खरिदमा ३० र प्रदेश सरकारको ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिइने कार्यविधिमा उल्लेख छ।

अनुदानका लागि छनोट भएका उद्योगका सञ्चालकसँग सम्झौताको काम सम्पन्न भइसकेको निर्देशनालयका सूचना बोहराले जानकारी दिइन्। निर्देशनालयको कार्यविधिअनुसार उक्त कार्यक्रमका लागि अनुदान प्राप्त गर्न कार्यालयमा कम्तीमा तीन वटा प्रस्ताव पेस हुनुपर्दछ।

कार्यक्रमका लागि बढी प्रस्ताव पेस भएमा निर्देशनालयले छनोट गरी प्रति उद्योगीलाई सो रकमबाट बाँडफाँट गरेर अनुदान दिइने कार्यालयको कार्यविधिमा उल्लेख गरिएको छ। घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगलाई प्रविधि खरिदका लागि अनुदान स्वरुप रकम उपलब्ध गराउँदै आएको निर्देशनालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, जेठ १७ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend