सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

नतिजाको लागि बजेट र मौद्रिक नीतिबीच तालमेल आवश्यक छ : महासंघ अध्यक्ष ढकाल

images
शनिबार, जेठ १७ २०८२
images
images
नतिजाको लागि बजेट र मौद्रिक नीतिबीच तालमेल आवश्यक छ : महासंघ अध्यक्ष ढकाल

बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भएपनि कतिपय विषयहरु अझै छुटेको उनको धारणा थियो। बजेट तुलनात्मक रुपमा राम्रो आएको र निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख ड्राइभिङ फोर्सका रुपमा लिइएको उनले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ आर्थिक वर्षको बजेटबाट नतिजा ल्याउनको लागि बजेट र मौद्रिक नीतिबीच तालमेल आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन्।

images
images
images

बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भएपनि कतिपय विषयहरु अझै छुटेको उनको धारणा थियो। बजेट तुलनात्मक रुपमा राम्रो आएको र निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख ड्राइभिङ फोर्सका रुपमा लिइएको उनले बताए।

images
images

‘यसलाई हामीले सकारात्मक नै मानेका छौँ। तर निजी क्षेत्रले प्राथमिकताका साथ उठाएका केही विषय छुटेका छन्। छुटका कुराहरुलाई सकेसम्म पुनरावलोकन गर्न म अर्थमन्त्रीज्यूलाई आग्रह गर्दछु’ अध्यक्ष ढकालले भने। साथै सरकारलाई बजेटको सही कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथमा रहेको उनको भनाइ छ।

images
images
images

खनिजजन्य र नदिजन्य पदार्थको उत्खनन्, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएपनि टीडीएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुदाँ यसमा सहजिकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ। कृषि पर्यटन, उद्योग,सूचना प्रविधि वैकल्पिक उर्जा र विशेष आर्थिक क्षेत्रमा दिइएको सहुलियत र औद्योगिक क्षेत्रबाट ३० प्रतिशत निर्यात गर्दा पनि सुविधा दिने विषयले उत्पादनमूलक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालले बताए।

विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाइनु राम्रो भएको तर लगानी सहजीकरणका लागि एकिकृत कानून, एकद्धार निकाय र प्रभावकारी संयन्त्र आवश्यक रहनेमा उनले जोड दिए। नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको समेत बताएका छन्।

यी सबै विषयको कार्यान्वयनमा सुशासनको प्रत्याभूती पहिलो प्राथमिकतामा रहनु पर्नेमा अध्यक्ष ढकालको जोड दिएका छन्। 


प्रकाशित : शनिबार, जेठ १७ २०८२१४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend