सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

पर्यटनमैत्री बजेट आयो : होटल संघ

images
शनिबार, जेठ १७ २०८२
images
images
पर्यटनमैत्री बजेट आयो : होटल संघ

संघले विज्ञप्ति जारी गर्दै दशकौंदेखिको यो माग पूरा भएकोमा सरकारलाई धन्वाद ज्ञापन गरेको छ। साथै यो घोषणाबाट होटल उद्योले पुर्याएको योगदानको कदर भएको संघले जनाएको छ। काठमाडौं पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गको समयाबद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ।

images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता संगठन उत्साहित भएको छ। सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको हो।

images
images
images

संघले विज्ञप्ति जारी गर्दै दशकौंदेखिको यो माग पूरा भएकोमा सरकारलाई धन्वाद ज्ञापन गरेको छ। साथै यो घोषणाबाट होटल उद्योले पुर्याएको योगदानको कदर भएको संघले जनाएको छ। काठमाडौं पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गको समयाबद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ।

images
images

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकको बसाई लम्बाउन र उनीहरुको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यको विकास र पर्यटकहरुले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरु बढाउन लिइएको पहल सकारात्मक रहेको होटल संले जनाएको छ।

images
images
images

सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टूरीजम बढाउन सीमा नाकाहरुमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथजस्ता यूनेस्को सूचीकृत सम्पदाहरुमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरुमा सुरक्षित पर्यापर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको भनाइ छ।

हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाबाट पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै संघले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ।

बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीसमेतको सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि सञ्चालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ। दुई प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरु प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ।

बजेटबाट विद्यमान पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र प्रभावकारी बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्ने लक्ष्य प्राप्तिमा निजी क्षेत्रको अग्रणी भूमिका र योगदान खोजिएको सराहना गर्दै थप पर्यटनको विकासमा आवश्यक लगानी र खासगरी भारत र चीन केन्द्रित अन्तर्राष्ट्रिय प्रबद्र्धानमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिका प्रदान गरिएबाट निजी क्षेत्र प्रोत्साहित हुने संघले विज्ञप्तिमार्फत जनाएको हो। रासस  


प्रकाशित : शनिबार, जेठ १७ २०८२१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend