सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

विद्युतीय पिकअपका लागि उपशीर्षक कायम गरी लगाइयो कर

images
बिहीबार , जेठ १५ २०८२
images
images
विद्युतीय पिकअपका लागि उपशीर्षक कायम गरी लगाइयो कर

त्यसैगरी डबल क्याव विद्युतीय पिकअपमा ८७०४.६०.३२ उपशीर्षक कायम गरेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ।

images
images

काठमाडौं- सरकारले विद्युतीय पिकअपमा नयाँ उपशीर्षक कामय गरेर कर लगाएको छ। आगामी आर्थिक वर्षका लागि आएको बजेटसँगै ल्याइएको आर्थिक ऐनमार्फत विद्युतीय पिकअपमा नयाँ उपशीर्षक कायम गरेर कर लगाएको हो। 

images
images
images

चालु आर्थिक वर्षसम्म विद्युतीय पिकअप अन्य शीर्षकमा भन्सार जाँचपास हुँदै आएको थियो। ठूलो संख्यामा विद्युतीय पिकअप आयात भइरहेको र त्यसमा अन्य शीर्षकमा कम करको दर भएकाले उपशीर्षक कायम गर्नुपर्ने आवाज उठिरहेको थियो। 

images
images

सरकारले निकै पहिलेदेखि पेट्रोलियम पदार्थबाट चल्ने डबल तथा सिंगल क्याब पिकअपमा अलग अलग उपशीर्षक लगाएर करको दर निर्धारण गरेको थियो। तर विद्युतीय डलब तथा सिंगल क्याव पिकअपमा उपशीर्षक नभइ अन्य शीर्षकमा छुट्दै आएका थिए।

images
images
images

आगामी आर्थिक वर्षका लागि बिहीबार आएको बजेट तथा आर्थिक ऐनबाट भने विद्युतीय पिकअपमा नयाँ उपशीर्षक कायम गरिएको हो। आर्थिक ऐनअनुसार परिवर्तन भएको भन्सार तथा अन्तःशुल्क दर जेठ १५ गते राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। 

२०८२ जेठ १४ सम्म विद्युतीय पिकअप अन्य शीर्षकमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्कमा डलल तथा सिंगल दुवै पिकअप भन्सार जाँचपास हुँदै आएको थियो। तर नयाँ बजेटको आर्थिक ऐनअनुसार डबल र सिंगल क्याव विद्युतीय पिकअपमा उपशीर्षक कायम गरेर नयाँ कर लगाइएको छ। 

नयाँ आर्थिक ऐनअनुसार सिंगल क्याव पिकअपमा ८७०४.६०.३१ उपशीर्षक कायम गरेर १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ। 

त्यसैगरी डबल क्याव विद्युतीय पिकअपमा ८७०४.६०.३२ उपशीर्षक कायम गरेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ। यी सवारीमा पनि १३ प्रतिशत भ्याट र २.५ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ। 

सिंगल क्याव पिकअप सामान ओसारपसारका लागि प्रयोग हुँदै आएको छ भने डबल क्याव पिकअप लाइफ स्टाइल सवारीका रुपमा निजी प्रयोगमा धेरै उपयोग हुँदै आएको छ। 

पछिल्लो समय नेपाली बजारमा विभिन्न ब्रान्डका विद्युतीय पिकअप चीनबाट आयात हुँदै आएको छ। विद्युतीय पिकअपमा तीव्र प्रतिस्पर्धासमेत हुन थालेको छ। 

विद्युतीय कारमा लाग्ने कर बढेन, हाइब्रिडमा पनि यथावत विद्युतीय कारमा लाग्ने कर बढेन, हाइब्रिडमा पनि यथावत


प्रकाशित : बिहीबार , जेठ १५ २०८२२०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend