शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मास ट्रान्सपोर्टेसन प्राथमिकतामा, विद्युतीय सवारीलाई प्रोत्साहन

बिहीबार , जेठ १५ २०८२
मास ट्रान्सपोर्टेसन प्राथमिकतामा, विद्युतीय सवारीलाई प्रोत्साहन

काठमाडौं- सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिता दिने नीतिलाई निरन्तरता दिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

साथै सरकारले सार्वजनिक यातायातमा ठूला सवारीसाधन अर्थात् मास ट्रान्सपोर्टलाई प्राथमिकता दिने बताएको हो। काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीलाई विद्युतीय गर्ने र ठूला सवारी सञ्चालनलाई प्रोत्साहन गरिने घोषणा विष्णु पौडेलले गरेका हुन्।

सार्वजनिक यातायातलाई व्यवस्थित गराउन सरकारले मास ट्रान्सपोर्ट र विद्युतीय सवारीलाई प्राथमिकता दिइ निजी क्षेत्रलाई यसमा लगानीका लागि आकर्षित गरिने भएको छ। त्यस्तै सरकारले साझा यातायातलाई थप १ सय विद्युतीय सवारी किन्न अनुदान दिने भएको छ।

यसअघि पनि सरकारले साझा यातायातई विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ अनुदान दिएको थियो। हाल साझा यातायातले ४० वटा विद्युतीय बस चीनबाट खरिद गरेर ल्याइ सञ्चालन गरिरहेको छ। काठमाडौंको विभिन्न रुटमा साझाका विद्युतीय बस चलिरहेको छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend