शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विद्यार्थीलाई सातामा २० घण्टा काम, सार्वजनिक निकायमा इन्टर्नसिपको व्यवस्था गरिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
विद्यार्थीलाई सातामा २० घण्टा काम, सार्वजनिक निकायमा इन्टर्नसिपको व्यवस्था गरिने

विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक अनुभव प्राप्त गर्ने, रोजगारीको वातावरण बुझ्ने र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास सरकारको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने नीति अघि सारेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उद्यमशीलता र श्रमअनुकूल शिक्षाको प्रवर्द्धनका लागि यो व्यवस्था गरिने घोषणा गरेका हुन्।

उनका अनुसार सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इन्टर्नसिप गर्ने अवसर पनि प्रदान गरिनेछ। यसले विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक अनुभव प्राप्त गर्ने, रोजगारीको वातावरण बुझ्ने र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास सरकारको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend