काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याइने बताएका छन्।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले उपभोक्ताको अधिकार सुरक्षाका लागि सबै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याइने बताएका हुन्।
केही महिनाअघि मात्रै काठमाडौंमा उपभोक्ता अदातल सञ्चालनका ल्याइएको थियो।