शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उद्योग क्षेत्रको विकास हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

बिहीबार , जेठ १५ २०८२
उद्योग क्षेत्रको विकास हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

परम्परागत खेती प्रणालीका कारण कृषिमा सुधार हुन नसकेको र जलवायु परिवर्तनको असर कृषि तथा पर्यटन क्षेत्रमा परेको उनले बताए।

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग क्षेत्रको विकास हुन नसकेको बताएका छन्।

बिहीबार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले उद्योग क्षेत्रको विकास हुन नसकेको स्वीकार गर्दै उद्योगमा आवश्यक जनशक्ति विदेशबाट ल्याउनुपरेको बताए। 

रोजगारी सृजना नहुँदा युवाहरू विदेसिएको बताउँदै उनले नवप्रवर्तन, पर्यटन तथा सूचना प्रविधिमार्फत रोजगारी प्रवर्द्धन गरिने बताए।

परम्परागत खेती प्रणालीका कारण कृषिमा सुधार हुन नसकेको र जलवायु परिवर्तनको असर कृषि तथा पर्यटन क्षेत्रमा परेको उनले बताए।

आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन लागिपर्ने बताएका पौडेलले निजी क्षेत्रको पुँजी र प्रविधिलाई आकर्षित गर्ने पनि उल्लेख गरेका छन्।

क्रेडिट रेटिङको सूचीलाई थप सुधार गर्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनलाई कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाएका छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend