शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

रासायनिक मलका लागि २८ अर्ब अनुदान, कृषिमा परम्पराकै निरन्तरता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
रासायनिक मलका लागि २८ अर्ब अनुदान, कृषिमा परम्पराकै निरन्तरता

उत्पादन बढाउनका लागि पकेट क्षेत्रमा केन्द्रीत गर्ने, उत्पादन खरिदको व्यवस्था गर्ने लगायतका घोषणा बजेटबाट गरिएको छ।

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मलको अनुदानमा २८ अर्ब बजेट विनियोजन गरेको छ। 

मल खरिदका लागि सधैँ रकमान्तरण गर्दै आएको सरकारले आगामी वर्षका लागि २८ अर्ब विनियोजन गरेको हो। 

कृषि तथा पशुपक्षी मन्त्रालयका लागि भने आगामी वर्षका लागि कुल ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको छ। 

कृषि तथा पशु बीमाको प्रिमियम अनुदानका लागि २ अर्ब बजेट विनियोजन गरेको सरकारले कृषिको उत्पादनदेखि विषादी परीक्षणसम्मका परम्पारगत कार्यक्मरलाई निरन्तरता दिएको छ। 

उत्पादन बढाउनका लागि पकेट क्षेत्रमा केन्द्रीत गर्ने, उत्पादन खरिदको व्यवस्था गर्ने लगायतका घोषणा बजेटबाट गरिएको छ।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend