शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चामलमा दुई वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाइने

बिहीबार , जेठ १५ २०८२
चामलमा दुई वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाइने

यस्तै, चैतेधान विकास तथा विस्तारका लागि सिँचाइमा ३३ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले बताए।

काठमाडौं- सरकारले दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चामलमा नेपाललाई २ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरेका हुन्।

यस्तै, चैतेधान विकास तथा विस्तारका लागि सिँचाइमा ३३ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।

१२ लाख मेट्रिकटन धान उत्पादन बढ्ने अनुमान पनि सरकारले गरेको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend