शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अर्थतन्त्रमा सुधार भइरहेको सरकारको दाबी

बिहीबार , जेठ १५ २०८२
अर्थतन्त्रमा सुधार भइरहेको सरकारको दाबी

उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर बढने बताएका छन्। यसैगरी अहिले प्रति व्यक्ति आम्दानी बढेको र डलर सञ्चित बढेको समेत अर्थमन्त्री पौडेलले बताए।

काठमाडौं- सरकारले कांग्रेस र एमाललेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा व्यापक सुधार आएको दाबी गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुचकमा आएको उत्साहबाट नै सुधार भएको देखाउने बताएका हुन्।

उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर बढने बताएका छन्। यसैगरी अहिले प्रति व्यक्ति आम्दानी बढेको र डलर सञ्चित बढेको समेत अर्थमन्त्री पौडेलले बताए।

यसैगरी आयात तथा निर्यात र रेमिट्यान् समेत बढेको बताए। बैंक तथा वित्तीय संस्थाहरुबाट जारी हुने कर्जा र निक्षेप बढेको उनले संसदमा बताएका छन्।

साथै कर्जाको ब्याजदर घटेको छ भने निजी लगानीका लागि अनुकल वातावरण बनेको मन्त्री पौडेलले दाबी गरेका छन्। साथै यो सरकार बनेपछि राजस्व संकलनसमेत बढेको उनकाे भनाइ छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend