शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

असक्षम नेतृत्वका कारण निगमको आय ११.६९ प्रतिशतले घट्यो, नोक्सानी ६०.५० प्रतिशतले बढ्यो

बिहीबार , जेठ १५ २०८२
असक्षम नेतृत्वका कारण निगमको आय ११.६९ प्रतिशतले घट्यो, नोक्सानी ६०.५० प्रतिशतले बढ्यो

काठमाडौं- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको आय घटेको छ। निगमको आय २०७९/०८० को तुलनामा २०८०/०८१ मा ११.६९ प्रतिशतले घटेको हो।

जहाज मर्मतमा भएको ढिलासुस्तीका कारण लामो समयमा जहाज ग्राउन्डेड हुँदा त्यसको असर आम्दानीमा परेको छ।

निगमको आय २०७९/०८० मा २३ अर्ब ३६ करोड रहेकोमा २०८०/०८१ मा २० अर्ब ६३ करोड रुपैयाँ रहेको छ।

यसैगरी निगमको खुद नोक्सानी २०८०/०८१ मा ६०.५० प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०८०/०८१ मा मात्रै निगमको नोक्सानी १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। निगमले लिएको ऋणको किस्ता र ब्याजलाई सावाँमा परिवर्तन गरेकै कारण नोक्सानी कम भएको हो। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend