शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

संसद्‍मा आर्थिक सर्वेक्षण पेस

बिहीबार , जेठ १५ २०८२
संसद्‍मा आर्थिक सर्वेक्षण पेस

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गरेका छन्।

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ। प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ।

आर्थिक सर्वेक्षण गएको १३ गते नै संसदमा पेस गर्ने सरकारको तयारी थियो तर प्रतिपक्ष दलको संसद अवरोधका कारण पेस हुन सकेको थिएन। 

आज नै संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ।

आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यसूची छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend