सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

चीनमै संकटमा पर्‍यो बीवाईडीको ठूलो डिलर, हजारौँ उपभोक्ता प्रभावित

images
बिहीबार , जेठ १५ २०८२
images
images
चीनमै संकटमा पर्‍यो बीवाईडीको ठूलो डिलर, हजारौँ उपभोक्ता प्रभावित

तीव्र प्रतिस्पर्धाले आपूर्तिकर्ता, सवारी साधन निर्माता र डिलरहरूमाथि दबाब बढाएको छ। यसले समग्रमा उत्पादक कम्पनीकै व्यवसाय र अन्तर्राष्ट्रिय विस्तारमा अवरोध हुने तथा विश्वास आर्जन गर्न कठीन हुने बुझाइ चिनियाँ आधिकारीहरूको छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीको डिलर चीनमै संकटमा परेको छ। पूर्वी चीनको सान्दोङ प्रान्तमा रहेको बीवाईडीको एउटा सबैभन्दा ठूलो डिलर संकटमा परेको हो। 

images
images
images

पूर्वी चीनमा रहेको बीवाईडीको सबैभन्दा ठूलो डिलर गम्भीर आर्थिक संकटमा परेको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। बीवाईडीको एउटा ठूलो डिलर व्यवसायबाट बाहिरिएको चिनियाँ स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। 

images
images

बीवाईडीको पूर्वी चीनको सान्दोङ प्रान्तमा रहेको डिलरले सञ्चालन गरिरहेका कम्तिमा २० वटा स्टोरहरू बन्द भएको छ। सान्दोङ प्रान्तका राजधानी जिनानको सरकारी स्वामित्वमा रहेको जिनान टाइम्सले बुधबार यसबारेमा उल्लेख गरेको रोयटर्सले लेखेको छ।

images
images
images

चीनबाहिर आक्रामक विस्तारमा रहेको चिनियाँ विद्युतीय सवारी उत्पादन कम्पनी बीवाईडीको डिलर चीनमै संकटमा पर्नुले विश्वभर संशय पैदा गरेको छ। 

पूर्वी चीनमा बीवाईडीको सबैभन्दा धेरै स्टोरहरू सञ्चालन गर्ने डिलर कियानचेङ होल्डिङस् गम्भीर आर्थिक संकटमा परेर बन्द भएको हो। यसले गर्दा उक्त कम्पनीले बिक्री गरेका बीवाईडीका कारको वारेन्टी कभरेज र बिक्रीपछिको सेवा पाउन बाँकी रहेका हजारौँ उपभोक्ताहरू प्रत्यक्ष प्रभावित भएका छन्।

बन्द भएका स्टोरहरू जिनान र वेइफाङलगायत चार सहरहरूमा रहेका छन्। यी चार सहरका कार खरिद गरेका ग्राहकहरूले आफूले किनेका कारको सुविधा पाउनुपर्ने विषयमा एकीकृत भएर लाग्ने बताएका छन्।  

कियानचेङ पूर्वी चीनको प्रतिष्ठित व्यावसायिक कम्पनी हो। यो कम्पनीले ३ अर्ब युआनभन्दा बढीको कारोबार गर्दै आएको थियो। त्यस्तै यो कम्पनीले १ हजार २ सय जनालाई रोजगारी दिँदै आएको छ। कियानचेङले अप्रिल १७ मा एकपत्र प्रकाशित गर्दै बीवाईडीले आफ्नो डिलर नीतिमा गरेको समायोजनका कारण नगद प्रवाहमा ठूलो दबाब परेको आरोप लगाएको थियो।

बीवाईडीले प्रतिक्रिया दिन अस्वीकार गरेको  रोयटर्सले उल्लेख गरेको छ। तर निकट स्रोतका अनुसार कियानचेङको संकटको कारण नीतिको समायोजन नभइ उसको विस्तार नै कार भएको दाबी गरिएको छ।

कियानचेङको अवस्थाले चिनियाँ अटोमोबाइल बजारमै तरंग ल्याएको छ। विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनीको डिलर स्वदेशमै संकटमा पर्दा चीनबाहिर राम्रो सन्देश नजाने भएकाले त्यसमा छिटो समाधान खोज्न सरकारी अधिकारीहरूले दबाब दिइरहेका छन्।

तीव्र प्रतिस्पर्धाले आपूर्तिकर्ता, सवारी साधन निर्माता र डिलरहरूमाथि दबाब बढाएको छ। यसले समग्रमा उत्पादक कम्पनीकै व्यवसाय र अन्तर्राष्ट्रिय विस्तारमा अवरोध हुने तथा विश्वास आर्जन गर्न कठीन हुने बुझाइ चिनियाँ आधिकारीहरूको छ। 

कार डिलरहरू विशेषगरी प्रत्यक्ष बिक्रीतर्फको परिवर्तन र उपभोक्ता खर्चमा आएको सुस्तताको चपेटामा परेका छन्। बीवाईडीका चीनमा आफ्नो स्वामित्वका थोरै र स्वतन्त्र डिलरहरूको संख्या धेरै रहेका छन्। 

नेपालमा पनि बीवाईडीको डिलरहरू विगतदेखि नै समस्यामा रहँदै आएका छन्। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले डिलरलाई संकटमा पार्ने गरेको छ। विगतमा ४/५ वटा डिलर परिवर्तन गरिसकेको साइमेक्सले अहिले पनि डिलरलाई अस्वाभाविक दबाब दिने गरेको छ। बजेटअघि थुपार्न ल्याइने कारको आयातमा समेत डिलरसँग अग्रिमरुपमै रकम असुल्ने गरेको छ, जसका कारण डिलर पीडित हुने गरेका छन्। 

अहिले पनि नेपालमा बीवाईडीका तीनवटा डिलरलाई साइमेक्स इंकले निकै दबाब दिइरहेको छ। डिलरलाई लगानी गर्न लगाएर आफूअनुकूलको काम नगरे हटाउने र दादागिरी देखाउने गरेको गुनासो डिलरहरूले गर्दै आएका छन्। 

यतिमात्र होइन नेपालमा बीवाईडी बिक्रेता साइमेक्स इंकले बीवाईडीको कार आयातमा करछलीदेखि ५६ लाख रुपैयाँको कार मर्मत गर्न ५० लाख रुपैयाँसम्म असुल गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend