शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भारतको सहयोगमा बाजुराको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण गरिँदै

बिहीबार , जेठ १५ २०८२
भारतको सहयोगमा बाजुराको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण गरिँदै

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको भारतीय राजदूतावासले जनाएको छ।

काठमाडौं- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्रको निर्माण हुने भएको छ।

खाद्यान्न संकलन तथा वितरण केन्द्रको लागि कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माणका लागि बुधबार उक्त गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्तरुपमा शिलान्यास गरेका छन्।

नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा ३.१४१ करोड रूपैयाँ लागतमा सो कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुँदैछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको भारतीय राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार शिलान्यासमा उपस्थित राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र समुदायका सदस्यहरुले नेपाली नागरिकका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए।

निर्माण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित संकलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास गरिएको छ। साथै नयाँ पूर्वाधारले लामो समयसम्म खाद्य वस्तुहरुको भण्डारण गर्न सक्षम बनाउनेछ जसले गर्दा यस क्षेत्रको खाद्य सुरक्षामा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको र ४९५ परियोजनाहरु सम्पन्न गरिसकेको भारतीय राजदूतावासले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend