शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मोटरसाइकलमा भाडामा यात्रु बोक्न नपाइने भन्दै गण्डकीका यातायात व्यवसायी विरोधमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
मोटरसाइकलमा भाडामा यात्रु बोक्न नपाइने भन्दै गण्डकीका यातायात व्यवसायी विरोधमा

यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै 'राइड सेयरिङ'को विरोध गर्दै आएका छन्।

गण्डकी- गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका सवारीसाधनले पनि यात्रु बोक्न पाउने विषयलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन्। 

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर उक्त नियमावली खारेज हुनुपर्ने बताएको छ। प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। 

संघर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले 'राइड सेयरिङ' नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिए शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिने बताए। 

प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको जनाएको छ।

सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानूनी व्यवस्था गर्न आदेश दिएको थियो। 

यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै 'राइड सेयरिङ'को विरोध गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend