शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

डीडीसीका कर्मचारीले लिन्थे दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यु, मन्त्रीले कटौती गरिदिए सुविधा

बुधबार, जेठ १४ २०८२
डीडीसीका कर्मचारीले लिन्थे दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यु, मन्त्रीले कटौती गरिदिए सुविधा

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले संस्थान व्यवस्थापनसमक्ष खाइपाइ आएको सेवा सुविधाको जानकारी मागेका थिए।

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीहरूले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुविधा कटौती गरेको छ। 

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले संस्थान व्यवस्थापनसमक्ष खाइपाइ आएको सेवा सुविधाको जानकारी मागेका थिए।

दुग्ध किसानहरूलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायतका कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ।

अन्य सार्वजनिक सस्थानहरूमा पनि संस्था नोक्सानीमा गएका बेला सुविधा नलिने अभ्यास गरिएको उल्लेख गर्दै दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेर आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि कर्मचारीको सुविधा कटौती जरुरी रहेको मन्त्रालयको धारणा रहेको छ। 

आज बुधबार नै मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend