शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिक्रेटारमा १० लाख रूपैयाँ खर्चेर बालउद्यान निर्माण

बुधबार, जेठ १४ २०८२
सिक्रेटारमा १० लाख रूपैयाँ खर्चेर बालउद्यान निर्माण

उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ।

भोजपुर- बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका-७ सिक्रेटारमा वडा कार्यालययले १० लाख रूपैयाँ खर्चेर बाल उद्यान निर्माण गरेको छ। 

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो।

बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनले बताए।

स्थानीय खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताए।

उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend