शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार, २ करोड ४६ लाख रुपैयाँमा तीनवटा ट्यांकी निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १४ २०८२
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार, २ करोड ४६ लाख रुपैयाँमा तीनवटा ट्यांकी निर्माण

पाइपलाइनबाट ल्याइने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताका ‘सेडिमेन्टेसन’ ट्यांकीमा संकलन गरिने छ।

म्याग्दी- सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २ करोड ४६ लाख रुपैयाँको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने ९ लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरेको हो। 

बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीका अनुसार मुहानबाट ल्याएको पानीलाई दुई चरणमा शुद्धीकरण गरेर उपभोक्तालाई आपूर्ति गरिने छ। पाइपलाइनबाट ल्याइने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताका ‘सेडिमेन्टेसन’ ट्यांकीमा संकलन गरिने छ। 

विस २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घरका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हुँदै आएको छ। 

बेनीमा जनघनत्वसँगै खानेपानीको माग बढेकाले आपूर्तिलाई सहज बनाउन क्षमता विस्तार गरिएको हो। अन्नपूर्ण गाउँपालिका-८ मा रहेको रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका-३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हुँदै आएको छ। बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना पनि रहेको छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend