शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १४ २०८२
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ।

सुनसरी- सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बुधबार राति २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ। 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend