बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

नारायणघाट-मुग्लिन सडकको भासिएको भाग बनाउन बजेट अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १४ २०८२
images
images
नारायणघाट-मुग्लिन सडकको भासिएको भाग बनाउन बजेट अभाव

चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो। वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो।

images
images

चितवन- बजेट अभावमा नारायणघाट-मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ। सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ।
 
गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो। सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ। बाँकी भाग चिरा परेको छ। अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए। 

images
images
images

चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो। वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो। 

images
images

अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उनले बताए। सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ।

images
images
images

गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उनले बताए।
 
भासिएको भाग मर्मत गर्न ३२ करोड लाग्ने अनुमान गरिएको छ। हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ। यो सडक हुँदै राजधानी काठमाडौं र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन्। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend