शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

बुधबार, जेठ १४ २०८२
देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend