शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दिगो किसिमका खानेपानी आयोजना अघि बढाउँछौँ : मन्त्री यादव

मंगलबार, जेठ १३ २०८२
दिगो किसिमका खानेपानी आयोजना अघि बढाउँछौँ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले भने, 'सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ।'

मकवानपुर- खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्तरूपमा अगाडि बढाउने बताएका छन्।

आज हेटौँडा उपमहानगरपालिका-१६ को बृहत शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भने, 'सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ।'

सो कार्यक्रमका विशिष्ट अथिति एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने योजनाको मूर्तरूप भएको बताए।

खानेपानी तथा सरसफाइको दीगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताए। उनले भने, 'खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्ययोजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ।'

बृहत शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए। उक्त आयोजना कुल ६ करोड ६७ लाख ६७ हजार २६३.९२ रूपैयाँमा सम्पन्न भएको हो। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend