बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

लगानी बोर्ड बैठक : मल कारखाना, ग्रीन हाइड्रोजन र ऊर्जा परियोजनाहरू अगाडि बढाउने निर्णय

images
मंगलबार, जेठ १३ २०८२
images
images
लगानी बोर्ड बैठक : मल कारखाना, ग्रीन हाइड्रोजन र ऊर्जा परियोजनाहरू अगाडि बढाउने निर्णय

बैठकले खानी उत्खनन परियोजनामा प्राप्त प्रस्तावसम्बन्धमा अन्तर्राष्ट्रिय कानून, राष्ट्रिय नीति तथा कानूनी व्यवस्था, साथै आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्न एक समिति गठन गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- लगानी बोर्डको ६३औँ बैठकले नेपालमा रासायनिक मल उत्पादनसम्बन्धी अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनको जानकारी लिँदै उक्त प्रतिवेदनको समग्र पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्ने कार्यका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) परियोजनालाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट अगाडि बढाउने निर्णय पनि गरेको छ। यस परियोजनाका लागि प्राप्त प्रस्तावलाई 'स्वीस च्यालेन्ज' अवधारणाअनुसार प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरिएको छ।

images
images

त्यसैगरी, विभिन्न मुलुकहरूसँग भएका दोहोरो कर उन्मुक्ति तथा लगानी प्रवर्द्धन सम्झौताहरूको अध्ययन गरी थप देशहरूसँग यस्ता सम्झौता गर्नका लागि प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित अर्को कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

images
images
images

बैठकले खानी उत्खनन परियोजनामा प्राप्त प्रस्तावसम्बन्धमा अन्तर्राष्ट्रिय कानून, राष्ट्रिय नीति तथा कानूनी व्यवस्था, साथै आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्न एक समिति गठन गर्ने निर्णय गरेको छ।

नेपालमा ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन तथा उद्योग स्थापनाको प्रस्तावअनुसार परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णय पनि बैठकबाट भएको छ।

यस्तै, 'ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) सहितको अधिकतम १००० मेगावाट क्षमताको एकीकृत कृषि-सौर्य ऊर्जा परियोजना' पनि स्वीस च्यालेन्ज आधारमा प्रतिस्पर्धा गराइ अगाडि बढाउने निर्णय गरिएको छ।

बैठकले बोर्डको कार्यसम्पादन थप प्रभावकारी बनाउने उद्देश्यले केही अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्ने, निर्माणाधीन अरुण-३ जलविद्युत् परियोजनाको सन्दर्भमा परियोजना विकास सम्झौताको प्रावधान अनुसार प्रोजेक्ट रिभ्यु प्यानल गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend