शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

मंगलबार, जेठ १३ २०८२
कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

अघिल्लो वर्ष कामिरिताले २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।

काठमाडौं- विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औँ पटक सगरमाथा आरोहण सफल गरेका छन्।

सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४:०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैले राखेको कीर्तिमान तोडेका हुन्।

अघिल्लो वर्ष शेर्पाले २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।

पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ। यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए। उनीहरुमध्ये करिब ५ सय जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend