शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

संखुवासभाका ८० प्रतिशत घरधुरीमा पुग्यो विद्युत्

मंगलबार, जेठ १३ २०८२
संखुवासभाका ८० प्रतिशत घरधुरीमा पुग्यो विद्युत्

प्राधिकरणका अनुसार संखुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन्।

संखुवासभा- हिमाली जिल्ला संखुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ।

आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्‍याउने तयारी भइरहेको जानकारी दिए।

यसैबीच, विद्युत् प्राधिकरण संखुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख रूपैयाँ बक्यौता असुल गरेको जनाएको छ।

सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम संकलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए।

त्यस्तै, कालोसूचीमा परेका ग्राहकबाट थप ६ लाख रूपैयाँ उठाइएको यादवले जानकारी दिए।

प्राधिकरणका अनुसार संखुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन्।

अघिल्लो आर्थिक वर्षमा महसुलबापत २४ करोड १९ लाख संकलन गरिएको प्राधिकरणले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend