शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान

मंगलबार, जेठ १३ २०८२
विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान

कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो।

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनस्थापनाका लागि एक करोड रूपैयाँ अनुदान रकम वितरण गरेको छ।

कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो। 

पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए। मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयबाट ४४ लाख ५० हजार रूपैयाँ र विपद् पुनःनिर्माण र पुनःस्थापनामार्फत ६५ लाख ५० हजार रूपैयाँ स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिए।

पाँच करोड राजस्व संकलन

कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म पाँच करोड ८८ लाख २२ हजार ६ सय ७७ रूपैयाँ राजस्व संकलन गरेको छ।

संस्था दर्ताबाट १६ लाख ६६ हजार ६ सय, हातहतियार नवीकरणबाट पाँच लाख ५६ हजार आठसय ७५, राहदानीबाट पाँच करोड ५४ लाख ३७ हजार पाँचसय, न्यायिक दण्ड जरिवानाबाट दश लाख ९६ हजार तीनसय ४२, प्रशासनिक दण्ड जरिवानाबाट १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार, सरकार सम्पत्तिको बहालको आयबाट ३३ हजार नौसय ६० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend