बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जलविद्युत् आयोजना जोगाउन मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा सात किलोमिटर संरचना परिवर्तन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १३ २०८२
जलविद्युत् आयोजना जोगाउन मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा सात किलोमिटर संरचना परिवर्तन गरिने

जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ।

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ। राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो।

आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए। 

आँबुखैरेनी गाउँपालिका-२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले जानकारी दिए। 'पुल पार गरेर पुनः सडक मुग्लिन बजारमा जोडिनेछ', ढकालले भने।  

जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend