शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भुपाल बराल सचिवमा बढुवा

सोमबार, जेठ १२ २०८२
भुपाल बराल सचिवमा बढुवा

काठमाडौं- सहसचिव भुपाल बराल नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुपाल बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत बराल सचिव बढुवाको पहिलो नम्बरमा थिए। बराल अर्थको क्याडर भएपनि पछिल्लो २ वर्षयता वातावरण मन्त्रालयमा कार्यरत थिए।

वातावरण विभागका महानिर्देशक भैसकेका बरालसँग आन्तरिक राजस्व विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ।

अर्थमन्त्रालयको बजेट तथा महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, नीति विश्लेषण महाशाखालगायत महाशाखा प्रमुख रुपमा काम गरेको अनुभव उनीसँग छ।


प्रकाशित : सोमबार, जेठ १२ २०८२२३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend