शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

करको विषयलाई लिएर डन्डी उद्योगीबीच आरोप प्रत्यारोप

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
करको विषयलाई लिएर डन्डी उद्योगीबीच आरोप प्रत्यारोप

त्यसको काउन्टरमा नेपाल बिलेट उत्पादक संघले विज्ञप्ति जारी गर्दै स्पन्ज आइरहको आयातमा लाग्दै आएको भन्सारमा छुट तथा अन्तःशुल्कमा दिएको राहतलाई स्वागत गरेको छ। 

काठमाडौं- नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत फलामको आयातमा लाग्दै आएको कर हेरफेर गरेपछि उद्योगीहरु विभाजित भएका छन्। 

नेपालमा फालामे छड/डन्डी उत्पादन गरिरहेका उद्योगीहरूको संस्था नेपाल रोलिङ एसोसिएसनमा फुट आएको छ। ३१ सदस्य रहेको उक्त संस्थाका अध्यक्षसहित केही व्यवसायी एकातिर र २४ उद्योगीहरू अर्कोतिर भएर सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

रोलिङ एसोसिएसनका नाममा दिंउसो पत्रकार सम्मेलन गर्दै संस्थापक अध्यक्ष प्रदीपकुमार श्रेष्ठसहित नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले सिमित उद्योगलाई लाभ पुर्‍याउन बहुमत उद्योगलाई मारमा पारेको बताएका थिए। 

त्यसको काउन्टरमा नेपाल बिलेट उत्पादक संघले विज्ञप्ति जारी गर्दै स्पन्ज आइरहको आयातमा लाग्दै आएको भन्सारमा छुट तथा अन्तःशुल्कमा दिएको राहतलाई स्वागत गरेको छ। 

'केही फलामे छड उत्पादकहरूले “नेपाल स्टील रोलीङ्ग मिल्स् एसोसियनको" नाममा उल्लेखित निर्णयको विरोधको नाममा गलत व्याख्या गरी भ्रम फैलाउने काम गरेकोमा सो को विरोध गर्दै देहायको रुपमा सो प्रेस विज्ञप्तिको खण्डन गर्दैछौँ'  बिलेट उत्पादक संघले विज्ञप्ति मार्फत भनेको छ। 

संघले हाल नेपालमा ९ उद्योगले स्पन्ज आइरनबाट बिलेट बनाउने गरेको र यी उद्योगले मागको ६० प्रतिशत धान्ने बताएको छ। संघले अझै नेपालमा उद्योगहरु थपिने तथा यसबाट रोजगारी बढ्नुका साथै स्वदेशी बिजुलीको खपत बढ्ने दाबी गरेको छ। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८१४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend